Lumbini Rise
भूगोल बनाएर उम्मेद्वार बनेका मधु अर्याल 

बुटवल– रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ९ जना सम्भावित उम्मेद्वार छन् । ती मध्येका एक हुन् मधु प्रसाद अर्याल । अर्याल रास्वपा रुपन्देही क्षेत्र न. ३ का क्षेत्रिय सभापती हुन् । नम्र र मिजासिला स्वभावका उनी धेरै तडकभडक गर्दैनन् । लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल उनी बालबालिकामा देखिने ‘अटिजम’ का अनुसन्धानकर्ता पनि हुन् । 
रास्वपालाई रुपन्देही क्षेत्र न. ३ मा स्थापित गर्ने भूमिका खेलेका उनी अहिले प्रतिनिधिसभा सदस्यका लागि सम्भावित उम्मेद्वार हुन् ।  बुटवल १७ का उनी क्षेत्रिय सभापती रास्वपा सदस्यहरुविचको निर्वाचनबाट निर्वाचित भएका हुन्।

उनले जिम्मेवारी समालेपछि क्षेत्रमा संगठन विस्तारले तिव्रता पायो । ‘म क्षेत्रिय सभापती हुँदा रुपन्देहीको निर्वाचन क्षेत्र न.३ का केही पालिकामा मात्रै तदर्थ समिति थियो, अहिले निर्वाचन क्षेत्रका ५ वटै पालिकामा कमिटि बनेको छ, वडा तहसम्म पार्टी संरचना बनेको छ’ उनले भने ।1-1755358935.jpeg

रास्वपाका अनुसार अहिले निर्वाचन क्षेत्रमा मात्रै करिव ३ हजार सदस्य छन् । जबकी अर्यालले पार्टीको जिम्मेवारी समाल्दा ५ सय मात्रै सदस्यहरु थिए । ‘संगठनमा मसिनो गरी काम गरेका मधु अर्याल जस्तो सांसद क्षेत्र न. ३ ले खोजेको छ’ शुद्धोधन गाउँपालिकाका एक स्थानीय रास्वपा कार्यकर्ताले भने । उनले जहाज चढेर आउने नेता भन्दा दुःख सुःखमा भेटिने सांसद खोजेको समेत बताए । 

त्यसो त उनी  रुपन्देहीमा रास्वपामा संगठित हुँदा औलामा गन्न सक्ने व्यक्तिहरु थिए।  निर्वाचन आयोगले रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनको मिति तय भएदेखि नै अर्याल पार्टीकै काममा खटिएका थिए  । पार्टीले एउटा विधिमार्फत उम्मेद्वार हुनेहरुले आवेदन दिनुपर्ने भएपछि उनले पनि आवेदन दिएको बताउँछन् ।

सुरुमा त रुपन्देहीको उपनिर्वाचनमा निकै दावी गर्नेहरु नै थिएनन्। तर, अर्यालले भने निर्वाचन मितिको चर्चा भइरहेकै बेला आकाक्षा मात्रै व्यक्त गरेका थिएनन, उनले क्षेत्रका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुसँग सुझाव समेत लिएका थिए । ‘नेता कार्यकर्ताहरुको सुझाव र जनभावना अनुसार नै उम्मेद्वार बन्नुपर्छ भन्ने सुझाव पाए’ अर्याल भन्छन् –‘म निर्वाचन क्षेत्रका मुद्धालाई स्थापित गर्ने गरी उम्मेद्वार बन्न खोजेको हुँ ।’ भूगोललाई मसिनो गरी बुझेका अर्याल उम्मेद्वार भएकाले कार्यकर्ताहरु समेत उत्साही छन् ।  

अर्याल भन्छन् –‘गौतमबुद्ध विमानस्थलको अभिभाकत्व लिन्छु’
 

PHOTO--(2)-1755358766.jpg

अर्याल जे काम गर्छन्, त्यसलाई इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्छन् । अर्याल अन्य उम्मेद्वारहरुले जस्तो ठूला सपना बाँडेका छैनन् ।

निर्वाचन क्षेत्रका कार्यकर्ता र यहाँका मतदाताहरुको मनोभावना अनुसार काम गर्ने गरी योजना बनाएको सुनाउँछन्। राष्ट्रिय गौरवको आयोजनामा पर्ने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रतनिधिसभा सदस्यका रुपमा आफूले अभिभाकत्व लिने गरी नीतिगत पहल गर्ने उनको अठोट छ ।

अर्याल भन्छन् –‘गौतमबुद्ध विमानस्थलमा अन्र्तराष्ट्रिय उडान हामी सबैको माग हो, यसको निशर्त सञ्चालनका लागि एउटा सांसदका रुपमा म अभिभाकत्व लिन्छु ।’ उनले आफूले एक सांसदका रुपमा नीतिगत रुपमा र सदन मार्फत सरकारलाई सञ्चालनका लागि अभिभाकत्व लिनसक्ने बताए । 

त्यसो त अर्यालले पार्टी समक्ष आफ्ना योजनाहरुको विस्तृत योजना नै पेश गरेका छन् , तर उनले आफू सांसदका रुपमा नीतिगत र कानुनी रुपमा गर्न सक्ने भूमिकालाई मुख्य ऐजेन्डाका रुपमा अघि सारेका छन् । विमानस्थलसँगै बुद्धजन्मस्थल लुम्बिनीलाई जोडेर आध्यात्मिक पर्यटन र त्यसका लागि बुद्ध सर्किटका लागि पहल गर्ने उनको योजना छ ।

तिनाउ दानव नदीलाई प्रकृती र मानव जीवनसँग जोडेर विकास गर्ने, सहरमुखी क्षेत्र र ग्रामिण इलाकाहरुमा कृषिलाई प्राथमिकता राखेर काम गर्ने उनको प्रतिवद्धता छ । प्रविधिमा आधारित रहेर कृषिकाे आधुनिकिकरण गरी उत्पादन बढाउने र यसको बजारीकरणमा बिशेष भूमिका खेल्ने उनले बताए ।‘कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा बिशेष रुपमा नीतिगत कामहरु गर्न खटिन्छु’ उनले भने । उनले निर्वाचन क्षेत्र न. ३ को मर्चवार क्षेत्रमा सिचाईको व्यवस्था, पूर्वाधार विकासका लागि प्राथमिकताका साथ काम गर्ने योजना बनाएका छन् । 

रास्वपाको अभियानमा देशदेखि विदेशसम्म 

अर्यालले रास्वपाको संगठन विस्तारमा क्षेत्र, जिल्लामात्रै होईन्, देशका विभिन्न अभियानमा सामेल भएका छन् । पार्टी सभापती रवि लामिछानेसँगै उनी विभिन्न अभियानमा सामेल भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारका लागि दवाव दिन आयोजित पैदल यात्रामा उनी रवि लामिछानेसँगै हिडेका थिए । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका बेला राहात र उद्धारका बेला पनि अर्याल  पार्टी सभापतीसँगै खटिएका थिए ।

bidesh-1755358730.jpeg

यस्तै पाल्पा, अर्घाखाँची, कपिलबस्तुमा रास्वपाका विभिन्न कार्यक्रममा पार्टी सभापतीको सम्बोधनमा सँगसँगै हिडेको उनी बताउँछन् । स्वदेशमा मात्रै होईन अर्याल बेल्जियमको एन्ट्रोपसिटिमा प्रमुख अतिथिका रुपमा सहभागी भएर संगठन विस्तार गरेका थिए । त्यसैगरी उनी पोल्याण्डको राजधानी वासा,बेल्जियमको ब्रसेल्स सहरमा पनि पार्टी गतिविधि विस्तारमा लागेको थिए ।

को हुन् मधु अर्याल 
बुटवल १७ का मधु प्रसाद अर्याल अभियान्ता, लेखक, र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता हुन् । सामाजिक रुपान्तरणका लागि नयाँ काम गर्ने अठोट सहित राजनीतिमा लागेका उनी बालबालिकाको क्षेत्रमा १५ बर्षदेखि काम गरेका व्यक्ति हुन् । बालबालिकमा देखिने  संवेदनशिल विश्वव्यापी समस्या  ‘अटिजम’मा विद्यावारिधिकाे शाेधकर्ता हुन् । 

बुटवलमा मारिया मोन्टेसरी स्थापना गरेर बालबालिकाको सिकाई पद्धतीमा नयाँ मानक स्थापित गरेका छन् । अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको रूपमा उनले काम गरेका छन् । काठमाडौंका विभिन्न कलेजहरुमा प्राध्यापन समेत गरेका उनले केही विद्यालय तहको पुस्तक लेखेका छन् ।

कक्षा ११ र १२ को अनिवार्य नेपाली (२०६३) बिषयका सहलेखक हुन भने उनले टाकुरीएका नेपाली कविता सग्रह (२०६१) प्रकाशित छन् । अर्यालको सबै क्षेत्रका व्यक्तिहरुसँग राम्रो सम्बन्ध बनाएका छन् । वैकल्पिक शक्ति मूलधारको पार्टीहरुसँगै प्रतिस्पर्धा गरेर स्थापित हुने उनको मान्यता छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update