Lumbini Rise
मिडियाप्रती आक्रामक मुख्यमन्त्री, भने  'प्रमाण ल्याउनुस् फाँसी चढ्न तयार छु'
मिडियाप्रती आक्रामक मुख्यमन्त्री, भने 'प्रमाण ल्याउनुस् फाँसी चढ्न तयार छु' वुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडियालाई काखापाखा नगरेका बताएका छन् । राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनिकाे शनिबार बुटवलमा भएकाे पद हस्तान्तरण कार्यक्रममा बाेल्दै उनले आफू मिडियामैत्री रहेकाे दावी गरे ।
विद्यापक्षमा खुल्दा कारवाही भाेगेका सुरज खरेल भन्छन्- 'के सत्य बोल्नु अपराध हो?'
विद्यापक्षमा खुल्दा कारवाही भाेगेका सुरज खरेल भन्छन्- 'के सत्य बोल्नु अपराध हो?' काठमाडौं -विद्या भण्डारी पक्षमा खुलेपछि कारवाहीमा परेका युवा संघ नेपाल लुम्बिनीका अध्यक्ष सुरज खरेलले फरक विचार राख्नेहरुमाथि कारवाही गर्नु गलत भएको बताएका छन् । उनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले फरक विचारमाथि निषेध गर्ने काम भएको बताएका हुन।
मुख्यमन्त्री आचार्यद्धारा बुटवल भ्यू प्वाइन्ट उद्यानको उद्घाटन
मुख्यमन्त्री आचार्यद्धारा बुटवल भ्यू प्वाइन्ट उद्यानको उद्घाटन बुटवल - लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरिएको हो ।
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरे। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको...
मेरो मुद्धा भ्रष्टाचारको होइन:  माधव नेपाल
मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्धा राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी गरेका छन् ।
देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा
देउवासँगको छलफलपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन् ।
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने बुटवल – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्।  विहिबार प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नाउपाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।
कांग्रेस–एमाले छलफल सकियो, मन्त्री हेरफेरबारे भएन छलफल 
कांग्रेस–एमाले छलफल सकियो, मन्त्री हेरफेरबारे भएन छलफल  काठमाडौं– सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।
रूपन्देही ३ को उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमाले महासचिवको निर्देशन
रूपन्देही ३ को उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमाले महासचिवको निर्देशन बुटवल– आगामि कार्तिक १७ गते हुने रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।नेकपा एमाले महासचिव शंकर पोखरेलले एक महिला सहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका छन् ।
भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी  
भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी   बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ  । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो । रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा...
Weather Update