Lumbini Rise
भरुवा बन्दुकसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित दुई जना पक्राउ विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए। 
कुवेत हिँडेका ४७ महिलाहरुलाई थप अनुसन्धानका लागि रुपन्देहीबाट काठमाडौं लगियो
कुवेत हिँडेका ४७ महिलाहरुलाई थप अनुसन्धानका लागि रुपन्देहीबाट काठमाडौं लगियो दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’
अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’ काठमाडौं–संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै...
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान बुटवल - लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा पछिल्लो समय केही रक्त समूहको रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बी.ए.एल.एल.बी. र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत...
सुनको भाउ तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि गिरावट
सुनको भाउ तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि गिरावट बुटवल– विहिबार (आज) सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य घटेसँगै विहिबार(आज) तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी
पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलाशले विसं २०८० असार १ गतेको फैसलाबाट...
दलित विद्यार्थीलाई छात्रबृतिको माग गर्दै मुक्ति समाज रुपन्देहीले बुझायो ज्ञापनपत्र 
दलित विद्यार्थीलाई छात्रबृतिको माग गर्दै मुक्ति समाज रुपन्देहीले बुझायो ज्ञापनपत्र  बुटवल - नेकपा एमाले निकटको मुक्ति समाज नेपाल रुपन्देहीले दलत समुदायका बालबालिकाहरुलाई छात्रबृतिको कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको छ । समाजले शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडे र प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाललाई ज्ञापनपत्र बुझाउँदै संविधान र शिक्षा ऐनअनुसार दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, विशेष छुट तथा अवसर सुनिश्चित...
गणतन्त्रको सबैभन्दा बढि चिन्ता हामीलाई नै छ :दाहाल
गणतन्त्रको सबैभन्दा बढि चिन्ता हामीलाई नै छ :दाहाल अध्यक्ष दाहालले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे। उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट...
बालिकालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ
बालिकालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो ।पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ ।
पूर्वराष्ट्रपति दलको राजनीतिमा आउनु उचित होइन : पाैडेल
पूर्वराष्ट्रपति दलको राजनीतिमा आउनु उचित होइन : पाैडेल   उनले भने, “यो विषयमा धेरै चर्चा थियो, पार्टीभित्र र बाहिर पनि धेरै चर्चा भयो । देशकै मुख्य पदमा पुगेको व्यक्ति दलको राजनीतिमा आउन हुन्छ कि हुँदैन रु पार्टीको निचोड हो — उहाँ हामी सबैको अभिभावक हो, पार्टीमा धेरै योगदान दिनुभएको छ, त्यही आधारमा राष्ट्रपति बनाएका हौं ।पहिलो र दोस्रो गरी...
सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढ्यो
सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । 
प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  
Weather Update