Lumbini Rise
ज्ञानपुञ्जमा ‘बा मलाई केही भन्नु छ’ कविता प्रतियोगिता, उत्कृष्ट तीन विद्यार्थी पुरस्कृत 
ज्ञानपुञ्जमा ‘बा मलाई केही भन्नु छ’ कविता प्रतियोगिता, उत्कृष्ट तीन विद्यार्थी पुरस्कृत  बुटवल — ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलले कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिनका अवसरमा ‘बा मलाई केही भन्नु छ’ शिर्षकमा शुक्रबार कविता प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरण पार गर्दै निर्णायक चरणमा प्रवेश गरेका १० जना प्रतिस्पर्धीबाट उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकमा आजदेखि दैनिक १० घण्टा सवारी आवागमनमा राेक
नारायणगढ–मुग्लिन सडकमा आजदेखि दैनिक १० घण्टा सवारी आवागमनमा राेक बुटवल - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक विस्तार तथा माटो कटानको काम गर्न आदेखि दैनिक विभिन्न समयमा सवारी आवागमनमा आंशिक रोक लगाइएकाे छ।जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै भदौ २२ गतेदेखि अर्को सूचना नभएसम्म तोकिएको कार्यतालिकाअनुसार सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको हो।
फेरी बढ्यो अण्डाको मुल्य
फेरी बढ्यो अण्डाको मुल्य काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।  संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ ।  त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट...
एउटै कम्पनीलाई ठेक्कामाथि ठेक्का, जाजरकोटमा पुल र सडक वर्षौंदेखि अलपत्र
एउटै कम्पनीलाई ठेक्कामाथि ठेक्का, जाजरकोटमा पुल र सडक वर्षौंदेखि अलपत्र सुर्खेत । जाजरकोटमा सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि करोडौं रुपैयाँका आयोजना अलपत्र छन् ।एउटै निर्माण कम्पनीले विभिन्न महत्वपूर्ण आयोजना ठेक्का लिए पनि कतिपयमा न्यून प्रगति र कतिपयमा निर्माणको काम नै सुरु नभएको पाइएको छ । यसको प्रत्यक्ष मार भने स्थानीय नागरिक र यात्रुले खेपिरहेका...
भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीद्वारा १० लाखको राहत सामग्री सहयोग
भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीद्वारा १० लाखको राहत सामग्री सहयोग बुटवल - भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रुपन्देहीले करिब १० लाख रुपियाँ बराबरको राहत सामग्री सङ्कलन गरी रसुवागढीतर्फ पठाएको छ । बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्रीसहितको राहत लिएर अनेरास्ववियुको टोली शुक्रबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।
दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग
दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग बुटवल - बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाई स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो ।
ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलद्धारा १ लाख १४ हजार १९० रुपैयाँ सहयोग 
ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलद्धारा १ लाख १४ हजार १९० रुपैयाँ सहयोग  बुटवल - भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावितहरुको सहयोगका लागि बुटवल ११ स्थित ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलले १ लाख १४ हजार १९० रुपैयाँ सहयोग गरेको छ ।रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतीमा विद्यलय, बिद्यार्थी,शिक्षक तथा कर्मचारीहरूले आफ्नो गक्षअनुसार संकलन गरी प्याब्सनको राहत कोषमार्फत सहयोग गरिएको विद्यालयले जनाएको छ ।
भोटेकोशी बाढीपहिरो पीडितका लागि मिलिजुली टोल विकास संस्थाको ९३ हजार सहयोग
भोटेकोशी बाढीपहिरो पीडितका लागि मिलिजुली टोल विकास संस्थाको ९३ हजार सहयोग बुटवल- रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बुटवल उपमहानगरपालिका–१९ पश्चिम नहरपुरस्थित मिलिजुली टोल विकास संस्थाले ९३ हजार ६ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीमा नयाँ नेतृत्व,  अध्यक्षमा कल्पना, सचिवमा भण्डारी निर्वाचित
नेपाल प्रेस युनियन रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा कल्पना, सचिवमा भण्डारी निर्वाचित बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट कल्पना तिवारी अध्यक्षमा निर्वाचित भएकी छन्। अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्ष (खुला) मा रमेश अर्याल, उपाध्यक्ष (महिला) मा सीता गौतम बराल र उपाध्यक्ष (समावेशी) मा तिलक सुवेदी निर्वाचित भएका छन्।
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल...
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग 
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग  बुटवल - भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा...
प्रेस यूनियन रुपन्देहीकाे साधरणसभा : पत्रकारिता पुरस्कारबाट खड्का, भुसाल र पाण्डे पुरस्कृत
प्रेस यूनियन रुपन्देहीकाे साधरणसभा : पत्रकारिता पुरस्कारबाट खड्का, भुसाल र पाण्डे पुरस्कृत बुटवल- नेपाल प्रेस यूनियनका सभापती शिव लम्सालले वर्तमान बालेन शाह नेतृत्वको सरकार उल्टो बाटो हिडिरेको भन्दै स्वतन्त्र प्रेसको घाँटी निमोठ्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन रुपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशनलाई सोमबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष लम्सालले वर्तमान सरकारले नियन्त्रीत लोकतन्त्रको बाटोमा हिडेको बताए ।
Weather Update