नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन
मंगलबार, साउन १२, २०८३
बुटवल- नेपाली कम्यूनिष्ट पार्टी बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
रुपन्देही प्रहरीकाे सक्रियता : भन्सार छलीका सामान बरामद
सोमबार, साउन ११, २०८३
बुटवल - रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब २ लाख ७३ हजार २५० बराबरका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सोमबार विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामान बरामद गरेको हो । प्रहरीले सिद्धा
नवउद्यमी प्रवर्द्धन बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता
सोमबार, साउन ११, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका...
बजारमा खाना पकाउने ग्यासको अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
सोमबार, साउन ११, २०८३
चितवन- नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन ।
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा
शनिबार, साउन ९, २०८३
बुटवल – बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल ७ दिपनगरमा प्रिन्टओरा प्रालीले शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट...
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त
शनिबार, साउन ९, २०८३
अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु...
संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा
बिहीबार, साउन ७, २०८३
काठमाडौं - संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् ।अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि...
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ
बिहीबार, साउन ७, २०८३
बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो।
कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला
सोमबार, साउन ४, २०८३
काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
सोमबार, साउन ४, २०८३
छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका...
लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
बुधबार, असार ३१, २०८३
दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् ।आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ ।
लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, देशभर माैसम बदली
मंगलबार, असार ३०, २०८३
बुटवल - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशमा हल्का तथा कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा बर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशमा अधिकांश क्षेत्रमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकीमा पनि बर्षातको उतिकै सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम...
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सोमबार, असार २९, २०८३
काठमाडौँ- सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो।


