Lumbini Rise
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान कपिलवस्तु - कपिलबस्तुका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २सिसिटिभि जडान गरिएको छ । १६ स्थानीय तहका ६६ स्थानमा जिल्ला प्रहरी कार्यालयले सिसिटिभी जडान गरेको हो ।
बेल्बासे वंश समाजको अध्यक्षामा गणेशप्रसाद बेल्बासे निर्वाचित
बेल्बासे वंश समाजको अध्यक्षामा गणेशप्रसाद बेल्बासे निर्वाचित भैरहवा- बेल्बासे वंश समाज भैरहवाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। समाजको अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित भएका छन् । उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा विमला बेल्बासे चयन भएका छन्।
सञ्चारशील कक्षाकोठा’ लोकार्पण, शिक्षण-सिकाइमा प्रभावकारी सञ्चार अपरिहार्य
सञ्चारशील कक्षाकोठा’ लोकार्पण, शिक्षण-सिकाइमा प्रभावकारी सञ्चार अपरिहार्य शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको अडिटोरियम हलमा आयोजित ‘सञ्चारशील कक्षाकोठाः रुपान्तरणकारी पठन-पाठनको आधारशिला’ पुस्तक लोकार्पण समारोह तथा ‘प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका’ विषयक मन्थन कार्यक्रममा बोल्दै उहाँले प्रभावकारी सञ्चारबिना शिक्षाले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल गराैं : मेयर पाण्डेय
कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल गराैं : मेयर पाण्डेय बुटवल - बुटवल उपमहानगरपालिकालाई महानगरपालिकाकाे रूपमा विकास गर्ने बिषयमा सम्बन्धित पालिकाहरूले छलफल चलाउन अब ढिलाइ गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् । शुक्रबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित छिमेकी स्थानीय तहहरूबीच साझा विषयहरूका सम्बन्धमा समन्वयात्मक कार्यक्रममा बाेल्ने पालिका प्रमुख तथा अध्यक्षहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक : ४९ करोडको बजेट तथा नीति–कार्यक्रम स्वीकृत
लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक : ४९ करोडको बजेट तथा नीति–कार्यक्रम स्वीकृत काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन काठमाडौं - मुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिएका हुन् ।
मेडिकल कलेज भैरहवामा श्रम कार्यालयकाे अनुगमन, दियाे १२ बुँदे निर्देशन
मेडिकल कलेज भैरहवामा श्रम कार्यालयकाे अनुगमन, दियाे १२ बुँदे निर्देशन रुपन्देही- रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ पोर्टलमा प्राप्त गुनासोका आधारमा कार्यालयले कलेजमा श्रम ऐन तथा नियमावली बमोजिमको सेवा सुविधा कार्यान्वयनको अवस्थाबारे सूक्ष्म अनुगमन गरेको हो ।
लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना बुटवल - देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विहिबार (आज) विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशकाे बुटवल सहित अधिकांश भागमा पानी परिरहेकाो छ ।
नेपाल भारतकाका व्यवसायीविच लुम्बिनीको पर्यटन प्रवर्द्धन लागि समझदारी 
नेपाल भारतकाका व्यवसायीविच लुम्बिनीको पर्यटन प्रवर्द्धन लागि समझदारी  बुटवल - नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीहरुविच बिटुबि समझदारी भएको छ । लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डविच पाँच बुँदे सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।  लुम्बिनीमा सम्पन्न सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लिलामणि शर्मा र वाराणसी टुरिजम...
सकियो दुई दिने दलित ज्ञान उत्सव 
सकियो दुई दिने दलित ज्ञान उत्सव  बुटवल-दलित समुदायको अधिकार, समावेशिता, सामाजिक न्याय कला र विभेदविरुद्ध चित्रकला गर्दै ‘तिलोत्तमा दलित ज्ञान उत्सव सकिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुइे दिने उत्सवको सोमबार समापन गरिएको हो ।
लेखक साहनीका तीन पुस्तकको संगौलाद्धारा विमोचन 
लेखक साहनीका तीन पुस्तकको संगौलाद्धारा विमोचन  बुटवल, असार २१ । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन् ।
नेकपाद्धारा कुमालको निधनमा श्रद्धाञ्जली सभा
नेकपाद्धारा कुमालको निधनमा श्रद्धाञ्जली सभा बुटवल - नेपाली कम्युनिष्ट पार्टी बुटवल १७ का सदस्य सूर्य बहादुर कुमालको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ। गत  असार १४ गतेका दिन भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नेकपा बुटवल वडा न. १७ को कमिटिले शनिबार श्रद्धाञ्जलीसभा गरेको हो । नेकपाका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलीसभा जिल्ला,...
Weather Update