रोटरी क्लब अफ लुम्बिनीद्धारा कामाधेनु गौशालामा पोशाक र गौआहार प्रदान
शनिबार, साउन ३०, २०८३
बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ औं नियमित बैठकको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा पोशाक तथा गौआहार वितरण गरेको हो ।क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डेको जन्मदिन समेत परेको अवसरमा पोशाक र गौआहार प्राप्त भएको क्लबले जनाएको छ । उक्त अवसरमा टिर्सर्ट तथा चापट, नुन भेली र खली गौशालालाई प्रदान गरिएको थियो ।
कालिकामा मानवज्ञानका प्रधानाध्यापक ज्ञवालिको पदस्थापना
शनिबार, साउन ३०, २०८३
पदभार कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक एउटा विद्यालयको प्रशासन चलाउने पद मात्र नभएर समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोडेर देशमा गुणस्तरीय शिक्षाको लागि निरन्तर लड्नुपर्ने सिपाही भएकोले प्रधानाध्यापकलाई कहिल्यै थाक्ने र भाग्ने छुट नहुने बताए ।
प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेनएसाईड फुटबल प्रतियोगिता हुने
शुक्रबार, साउन २९, २०८३
बुटवल - यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै...
प्यूठानमा ४ जनाको शव फेला
बिहीबार, साउन २८, २०८३
प्यूठान - प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ
बुधबार, साउन २७, २०८३
बुटवल- अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ‘करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’ आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित...
ज्ञानपुञ्जमा डा. नन्दु पाठकसँग विद्यार्थी अन्तरसंवाद
सोमबार, साउन २५, २०८३
बुटवल- ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल बुटवल ११ नहरपुरका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले अन्तरसंवाद गरेका छन् । सोमबार बुटवल–११ नहरपुरस्थित विद्यालयमा साउन महिनाको 'गेष्ट अफ द मन्थ’ कार्यक्रम अन्तर्गत अन्तरसंवाद गरिएको हो । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले डा. पाठकसँग उनको चिकित्सकीय यात्रादेखि सफलतासम्मका विषयमा विभिन्न जिज्ञासा...
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
शुक्रबार, साउन २२, २०८३
दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्
रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो
बिहीबार, साउन २१, २०८३
बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा सडक डिभाइडरमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १७ प ५९७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा गएराति साढे दस बजे ठोक्किँदा स्थानीय २६ वर्षीय तिन्कु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ
मंगलबार, साउन १९, २०८३
साेमबारदेखि सुरू भएकाे कार्यक्रममा आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ ।
भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित
आइतबार, साउन १७, २०८३
बुटवल - भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा रविन्द्रकुमार कार्की नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा पुन सेनानी रविन्द्रकुमार कार्की चयन हुनुभएको छ ।संघको आइतबार बुटवलमा सम्पन्न छैटौं अधिवेसनले कार्कीलाई अर्को कार्याकालको नेतृत्वको लागि जिम्मेवारी दिएको हो।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन
आइतबार, साउन १७, २०८३
बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको...
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह
शनिबार, साउन १६, २०८३
दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो ।
जितेश्वरी आमा समूहद्धारा भैरव मन्दिर सरसफाई तथा बृक्षारोपण
शनिबार, साउन १६, २०८३
बुटवल- बुटवल १३ स्थित जितेश्वरी आमा समूहले शनिबार भैरव मन्दिर क्षेत्रको सरसफाई तथा बृक्षारोपण गरेको छ। साउन १५ को अवसरमा जितेश्वरी टोल विकास संस्थाको सहयोगमा आमा समूहले सरसफाई तथा बृक्षारोपण गरेको हो ।


