Lumbini Rise
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली बुटवल - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजले विहिबार बुटवलमा सद्भाव र्‍याली निकालेका छन् । सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्‍याली निकालिएको हो । 
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो ।...
ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू
ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू दुर्घटनामा परि महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै
देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै काठमाण्डौ - सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । मंगलबार पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको सुनसरी प्रशासनले जनाएको छ ।
नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन
नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन बुटवल- नेपाली कम्यूनिष्ट पार्टी बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
रुपन्देही प्रहरीकाे सक्रियता : भन्सार छलीका सामान बरामद
रुपन्देही प्रहरीकाे सक्रियता : भन्सार छलीका सामान बरामद बुटवल - रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब २ लाख ७३ हजार २५० बराबरका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सोमबार विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामान बरामद गरेको हो । प्रहरीले सिद्धा
नवउद्यमी प्रवर्द्धन बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता
नवउद्यमी प्रवर्द्धन बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका...
बजारमा खाना पकाउने ग्यासको अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
बजारमा खाना पकाउने ग्यासको अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह चितवन- नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन ।
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा  
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा   बुटवल –  बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल  ७ दिपनगरमा प्रिन्टओरा प्रालीले  शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट...
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु...
संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा
संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा काठमाडौं - संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् ।अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि...
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो।
Weather Update