Lumbini Rise
पत्रकार महेन्द्र थापाद्वारा लिखित पुस्तकको लाेकार्पण
पत्रकार महेन्द्र थापाद्वारा लिखित पुस्तकको लाेकार्पण बुटवल - पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तकको शनिबार बुटवलमा लाेकार्पण गरिएको छ ।पुस्तककाे  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पाैडेल लगायतले लाेकार्पण गरेका हुन्।
तिलोत्तमामा आइतबारदेखि 'दलित ज्ञान उत्सव' हुने 
तिलोत्तमामा आइतबारदेखि 'दलित ज्ञान उत्सव' हुने  बुटवल - रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ ।तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए ।
रजा-ए-मुस्तफा मस्जिद समितिद्वारा नन्दिनी गौशालामा गौआहार वितरण
रजा-ए-मुस्तफा मस्जिद समितिद्वारा नन्दिनी गौशालामा गौआहार वितरण बुटवल - रजा-ए-मुस्तफा मस्जिद समिति बुटवल उपमहानगरपालिका वडा नम्बर १ नन्दिनी गौशालामा गौआहार वितरण गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको इस्लामिक नयाँ वर्ष १४४८ अवसर पारेर बुटवल–७ शिवनगरस्थित गौशाला रहेको गाईवस्तुको लागि आवश्यक आहार वितरण गरेको हो । गौआहारलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गौशालालाई हस्तान्तरण गर्नुभयो ।
उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन् : अध्यक्ष टंक प्रसाद पोखरेल
उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन् : अध्यक्ष टंक प्रसाद पोखरेल बुटवल- नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ । बुधबार बुटवल, मिलनचोकस्थित चेम्बरको प्रदेश कार्यालयमा संस्थाका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। निजी क्षेत्रका दुई प्रतिष्ठित व्यावसायिक संस्थाहरूबीचको समन्वय, सहकार्य र...
दलित पार्श्व चित्र :  तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम
दलित पार्श्व चित्र : तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम तिलोत्तमा नगरपालिका, स्थापनाको छोटो अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कारण यस पालिकाले गर्ने विभिन्न नागरिक केन्द्रित कार्य नै हुन् । तिलोत्तमा नगरपालिकाले आ-आफ्नो नीति तथा कार्यक्रम मार्फत दलित समुदायको लाई पनि प्राथमिकतामा राखेर अघि बढेको देखिन्छ । नीति र कार्यक्रमा मार्फत...
ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा नमुना निर्वाचन
ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा नमुना निर्वाचन बुटवल- ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा आईतबार “नमुना निर्वाचन अभ्यास कार्यक्रम–२०८३” गरेको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले नमूना अभ्यास निर्वाचन गरिएको हो । 
टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड'
टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड' कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन बुटवल- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनासम्म वार्षिक बजेटको आधा हिस्सा पनि खर्च गर्न सकेको छैन ।११ महिनामा प्रदेश सरकारले वार्षिक बजेटको ४७.२० प्रतिशतमात्रै खर्च गर्न सकेको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म चालुतर्फ ५०.६७ प्रतिशत र पुँजीगततर्फ ४४.९२ प्रतिशत बजेट खर्च भएको छ...
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो काठमाडौं- काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।
निर्माण व्यवसायीद्धारा असुरक्षित भएको  गुनासो 
निर्माण व्यवसायीद्धारा असुरक्षित भएको  गुनासो  बुटवल - भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आपत्ति जनाएको छ  ।संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले निर्माण व्यवसायीहरूको मानमर्दनसंगै आक्रोशित, दुःखी तथा असुरक्षित महसुस गराएको बताएको छ  ।
सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार
सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार बुटवल- नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्। भारतीय सुरक्षाकर्मी हतियारसहित गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन्। नीयले नेपालमा नआउन भन्दै होहल्ला गरेपछि भारतीय सुरक्षाकर्मी फिर्ता गएका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार...
ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास 
ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास  बुटवल - संघीय संसद्को झल्को दिनेगरी बुटवल १३ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलिश सेकेन्डरी स्कूलमा बुधबार नमुना संसद् अभ्यास गराइएको छ । कक्षा १० का विद्यार्थीहरुका लागि लोकतन्त्र, संसदीय प्रक्रिया तथा विधिको शासनका बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना संसद कार्यक्रम अन्तर्गत अभ्यास गराइएको हो ।
Weather Update