Lumbini Rise
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्
रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो
रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा सडक डिभाइडरमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १७ प ५९७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा गएराति साढे दस बजे ठोक्किँदा स्थानीय २६ वर्षीय तिन्कु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ साेमबारदेखि सुरू भएकाे कार्यक्रममा  आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ ।
भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित
भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित बुटवल - भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा रविन्द्रकुमार कार्की नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा पुन सेनानी रविन्द्रकुमार कार्की चयन हुनुभएको छ ।संघको आइतबार बुटवलमा सम्पन्न छैटौं अधिवेसनले कार्कीलाई अर्को कार्याकालको नेतृत्वको लागि जिम्मेवारी दिएको हो।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको...
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो ।
जितेश्वरी आमा समूहद्धारा भैरव मन्दिर सरसफाई तथा बृक्षारोपण 
जितेश्वरी आमा समूहद्धारा भैरव मन्दिर सरसफाई तथा बृक्षारोपण  बुटवल- बुटवल १३ स्थित जितेश्वरी आमा समूहले शनिबार भैरव मन्दिर क्षेत्रको सरसफाई तथा बृक्षारोपण गरेको छ। साउन १५ को अवसरमा जितेश्वरी टोल विकास संस्थाको सहयोगमा आमा समूहले सरसफाई तथा बृक्षारोपण गरेको हो ।
देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै 
देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै  बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत  र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका...
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली बुटवल - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजले विहिबार बुटवलमा सद्भाव र्‍याली निकालेका छन् । सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्‍याली निकालिएको हो । 
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो ।...
ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू
ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू दुर्घटनामा परि महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै
देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै काठमाण्डौ - सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । मंगलबार पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको सुनसरी प्रशासनले जनाएको छ ।
Weather Update