लुम्बिनी बौद्ध विश्वविद्यालय शैक्षिक सुधारको माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण-पत्र
शुक्रबार, असोज १६, २०८३
बुटवल - लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक अनियमितता बढेको भन्दै लुम्बिनी बचाउ महाअभियानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पाेखरेललाई ध्यानाकर्षण-पत्र बुझाएको छ। महाअभियानका संयोजक अकरम खाँको नेतृत्वमा लुम्बिनी बाैद्ध विश्वविद्यालयमा आएका मन्त्री पाेखरेल समक्ष ध्यानाकर्षण-पत्र बुझाइएको हो । अभियानले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र प्राज्ञिक मर्यादा कायम गर्न विभिन्न विषयमा छानबिन र सुधारको माग अघि सारेकाे छ।
लुम्बिनी वरीपरिका पर्यटकीय स्थल जोडेर प्रर्वद्धन गरौं
मंगलबार, असोज १३, २०८३
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँका प्राकृतिक सम्पदालाई जोडेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय संरक्षण तथा विकास केन्द्रले सोमबार लुम्बिनीमा गरेको कार्यक्रममा सहभागीहरुले पर्यटकको बसाई अवधि लम्बाउन नजिकका हरियाली वन क्षेत्र, तालतलैया र वस्तीहरुको पनि प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको हो ।
बुद्ध परिपथका नगरपालिकाहरूको सहकार्य र साझेदारी प्रभावकारी
आइतबार, असोज ११, २०८३
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग प्रत्यक्ष सम्बन्धित कपिलवस्तु, रामग्राम, देवदह र तिलोत्तमा लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रहरूलाई समेटिएको बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले लुम्बिनी साँस्कृतिक नगरपालिका र बुद्ध परिपथका नगरपालिकाहरूबीच सन् २०७५ सालदेखि निरन्तर रूपमा समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग तथा...
विश्व पर्यटन दिवसमा लुम्बिनी आएका पर्यटकलाइ स्वागत, लुम्बिनी भ्रमणको निम्तो
आइतबार, असोज ११, २०८३
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गर्दै ४७ औं विश्व पर्यटन दिवस मनाइएको छ । प्रत्येक बर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसमा आईतबार चिनियाँ र अष्ट्रेलियाका १४ जना पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो ।लुम्बिनी आएका पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्ति सदस्य सचिव ज्ञानिन राईले बुद्धजन्मस्थल...
पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगे
आइतबार, असोज ११, २०८३
बुटवल - कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि...
आजदेखि सोह्र श्राद्ध सुरु
आइतबार, असोज ११, २०८३
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि...
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन मिति सर्याे,सदस्यता नविकरण असाेज ७ सम्म गर्न पाउने
मंगलबार, असोज ६, २०८३
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेग री पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी अध्ययन–आदानप्रदानका लागि चिनमा
मंगलबार, असोज ६, २०८३
लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना चिनियाँ भाषा र भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत विद्यार्थी आज चीनको हाईनान प्रान्तस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमिमा एक वर्षे अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि प्रस्थान गरेका छन् । ३१ जना मध्ये भोट बौद्ध अध्ययनका ९ जना लामा र १ जना आनी हुनुहुन्छ...
ज्ञानपुञ्जले घरमै पुगेर ९० माथिका जेष्ठ नागरिकलाइ गर्याे सम्मान
सोमबार, असोज ५, २०८३
बुटवल - बुटवल ११ स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कूलले सोमबार फरक कार्यक्रम गर्यो । न कुनै ठूलो तामझाम थियो, न कुनै ब्यानर नै । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विद्यालयले ९० बर्षमाथिका जेष्ठ नागरिक सम्मान तथा जेष्ठ नागरिकको अनुभव सुन्ने कार्यक्रम गरेको हो ।
बुटवलको आकाशमा प्याराग्लाईडिङको सफल परीक्षण
आइतबार, असोज ४, २०८३
बुटवल - बुटवलको आकाशमा आज १४ पटक प्याराग्लाईडिङको सफल परिक्षण उडान र अवतरण गरिएको छ । नुवाकोटको चुरे पहाडादेखि बुटवलको उडान सुरु गरि बुटवल शहरको परिक्रममा गर्दै बदेल पोखरीमा परिक्रमा गरिएको हो ।
पाल्पामा दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
आइतबार, असोज ४, २०८३
बुटवल - पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।आईतबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना...
बुटवलमा वामपन्थी दलहरुबारे शनिबार विचार गोष्ठि हुँदै, भिम रावलले सम्बोधन गर्ने
शुक्रबार, असोज २, २०८३
बुटवल - संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा बापन्थी दलहरुको भूमिका बिषयक विचार गोष्ठि हुने भएको छ । गोष्ठिलाई वैचारिक तथा देशभक्ति एव् नेकपाका नेता भिम रावलले सम्बोधन गर्नेछन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा बुटवल योगिकुटी स्थित सिद्धार्थ कटेजमा लुम्बिनी प्रदेश स्तरीय विचार गोष्ठि हुनेछ ।
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
बिहीबार, असोज १, २०८३
बुटवल - कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य...


