इलाका प्रशासन कार्यालय बुटवलमा परिचयपत्र बनाउन बिहानदेखि लाइन, सेवाग्राहीलाई सास्ती
शुक्रबार, जेठ २३, २०८२
बुटवल – इलाका प्रशासन कार्यालय बुटवलमा राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । गृह मन्त्रालयले सहज र सरल रूपमा परिचयपत्रको व्यवस्थापन गर्न भने पनि सेवाग्राहीको भिड अत्यधिक भएपछि बुटवल क्षेत्रमा सेवाग्राहीले सास्ती पाएका हुन् । इलाका प्रशासन कार्यालय बुटवलले नागरिकलाई सास्ती नहोस् भनेर टोकन प्रणाली लागू गरेपनि सर्वसाधारणले परिचयपत्रका लागि पालो नै नपाएको गुनासो गरेका छन् ।
काठमाडौंमा छोटा र कम सिटे बसले यात्रुले पाए सास्ती
शुक्रबार, जेठ २३, २०८२
उपत्यकामा सार्वजनिक बस चलाउने यातायात व्यवसायी भने सरकारकै कारण व्यवसायीलाई छोटा बस हटाउन गाह्रो भएको बताउँछन् । अरनिको यातायात व्यवसायी संघ अध्यक्ष केदार क्षेत्रीले व्यवसायीले पुरानो छोटो गाडी हटाएर नयाँ बस राख्न नसक्ने बताए ।व्यवसायीले भने जस्तै अहिले लामो बस हाल्दा पिक आवर बाहेक अन्य समयमा खाली नै हिँड्नुपर्ने स्थिति...
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी
शुक्रबार, जेठ २३, २०८२
काठमाडौं - सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरेपछि उर्जा उद्यमीहरुले बल्याक आउट गर्ने सम्मको चेतावनी दिएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले यस्तो प्राबधान ल्याएको हो । स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था...
नविनमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम
शुक्रबार, जेठ २३, २०८२
बुटवल – लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवीन औद्योगिक कदरबहादुर रिता माविमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम विहिबार सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट समुदाय प्रहरी साझेदारी अनुशिक्षण प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृत तालिम १२ औ समूहमा सहभागी ३०...
यानेन्द्र जिसिकाे संयाेजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन
शुक्रबार, जेठ २३, २०८२
बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष यानेन्द्र जिसिको संयोजकत्वमा नागरिक मिडिया मञ्च नेपाल गठन भएको छ । नागरिक सरोकारका मुद्दाहरुमा पेशागत धर्म निर्वाह गर्दै जनउत्तरदायी पत्रकारिता गरी मिडियाको प्रभावकारीता बढाउने उदेश्यका साथ स्वतन्त्र र साझा फोरमका रुपमा जिसिको संयोजकत्वमा मञ्च गठन गरिएको हो ।
अध्यक्षविरुद्धको योजनाबद्ध षडयन्त्र : एकीकृत समाजवादी
बिहीबार, जेठ २२, २०८२
काठमाडौं - नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं ।हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र...
विश्व वतावरण दिवस आज मनाइँदै
बिहीबार, जेठ २२, २०८२
काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदैछ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो।...
सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल
बिहीबार, जेठ २२, २०८२
बुटवल - सञ्चार क्षेत्रभित्र लैङ्गिक र सामाजिक समावेशीकरणको अभाव रहँदै आएको सन्दर्भमा, सञ्चारीका समूह नेपालले सबै सञ्चार गृहहरूमा स्पष्ट र प्रभावकारी लैङ्गिक नीति बनाउन आग्रह गरेको छ।बुधवार बुटवलमा आयोजित अन्तर संवाद कार्यक्रममा समूहले सञ्चार गृहलाई लैङ्गिक समानता, सामाजिक न्याय र सबै लिङ्ग, जाति तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्यो।...
माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस
बुधबार, जेठ २१, २०८२
बुटवल - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले शुभकामना आदान प्रदान गरेर १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । बुधवार पार्टी कार्यालय माझगाउँमा कार्यक्रम गरेर दिवस मनाइएको हो । यस अघि पार्टी निकट दलित मुक्ति मोर्चाले कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष देखि पार्टीकै आयोजनामा कार्यक्रम...
एकीकृत समाजवादीद्वारा जातीय उन्मूलन दिवसमा कोणसभा
बुधबार, जेठ २१, २०८२
बुटवल- जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधवार बुटवलमा कोणसभा गरेको छ ।जातीय मुक्ति सङ्गठन रुपन्देही सहआयोजक रहेर सो पाटीले जातीय भेदभाव र छुवाछूत सामाजिक कलङ्क भएको भन्दै राज्यलाई दबाब दिने उद्देश्यले कोणसभा गरेको हो । बुटवल हाटबजार स्थित बुटवल उपमहानगर अगाडि गरेको कोणसभालाई सम्बोधन...
तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ : नगर प्रमुख खाँण
बुधबार, जेठ २१, २०८२
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधवार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘तिलोत्तमाभित्र...
तिलोत्तमामा सकियो तीन दिने लेखा तालीम
मंगलबार, जेठ २०, २०८२
बुटवल - तिलोत्तमा नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मन्च रुपन्देहीको व्यवस्थापनमा दलित युवायुवतीहरुका लागि सञ्चालित तीन दिने लेखा तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दलित समुदायको उत्थान र नेतृत्व विकासका लागि पालिकाले महत्वपूर्ण कार्यक्रमहरु ल्याएको...
गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा बुटवल १२ का गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम मंगलबारदेखि सुरु भएको छ । नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुका लागि १ महिने जुत्ता बनाउने तालिममा बुटवल–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन...


