टोखामा गोली चल्दा २ घाईते
मंगलबार, जेठ २७, २०८२
काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।
लुम्बिनी कपडा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्षमा छिनाल
सोमबार, जेठ २६, २०८२
बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा बोल्ने वक्ताहरुले बताएका छन् ।
युवा व्यवसायी न्यौपाने दम्पतीको जन्मदिनमा रक्तदान, ६१ युनिट संकलन
सोमबार, जेठ २६, २०८२
बुटवल - पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो । यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायले अधिकार नपाएको गुनासो
सोमबार, जेठ २६, २०८२
बुटवल - यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायहरुले संविधान र कानूनमा उल्लेख भएका आफ्ना अधिकार प्राप्त गर्न पनि नसकेको गुनासो गरेका छन् । नेपालको संविधान २०७२ ले आफूहरुका लागि व्यवस्था गरेका विभिन्न अधिकारहरु कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको उनीहरुको गुनासो छ ।
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु
सोमबार, जेठ २६, २०८२
बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो...
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा
सोमबार, जेठ २६, २०८२
पाल्पा - हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ । डिभिजन वन कार्यालय पाल्पाका...
अबको चुनावमा पनि कसैको बहुमत आउँदैन : महत
शनिबार, जेठ २४, २०८२
बुटवल- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने बताएका छन् । अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।
अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श
शनिबार, जेठ २४, २०८२
बुटवल- अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम...
पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल
शनिबार, जेठ २४, २०८२
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलीकाे जग्गा प्रकरणमा नमुछिएकाे दावी गरेका छन् । उनले आफूहरूले कानुन र अदालतकाे सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्ताे अनियमिततामा संलग्न नरहेकाे प्रष्टाए । गृहजिल्ला रूपन्देहीकाे तिलाेत्तममा पार्टी कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै महासचिव भुसालले यस्ताे बताएका हुन् ।
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीद्धारा सञ्चारकर्मीहरुसँग छलफल
शुक्रबार, जेठ २३, २०८२
बुटवल– नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् । साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न...
बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने
शुक्रबार, जेठ २३, २०८२
बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर सञ्चालन गरिने भएको हो । सेन्टरको जेठ २४ गते औपचारिक शुभारम्भ हुनेछ । शुक्रवार बुटवलमा पत्रकार सम्मेलन...
आर्थिक विधेयकका छुट सुविधाबारे उद्योगी व्यवसायीलाई प्रशिक्षण
शुक्रबार, जेठ २३, २०८२
बुटवल- रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ र २०८२-८३ को बजेटका बारेमा अभिमुखीकरण गरेको छ । शुक्रवार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा जानकारी गराइएको हो । संघका अध्यक्ष दिलीप सापकोटाले सो अवसरमा बोल्नुहुँदै उद्योगी व्यवसायीलाई गरिएको...


