सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा
मंगलबार, जेठ १३, २०८२
भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । नगर प्रमुख खाँले नियमित रूपमा खटेर सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिँदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेको बताए ।