नेपाल प्रेस युनियन रुपन्देहीले दीप प्रज्वलन गरी मनायाे स्थापना दिवस
मंगलबार, जेठ १३, २०८२
बुटवल - नेपाल प्रेस युनियन रुपन्देहीले ३४ औँ स्थापना दिवस बुटवलको बिपी चोकमा मङ्गलवार साँझ दीप प्रज्वलन गरी मनाएकाे छ । यूनियनका केन्द्रीय नेतृत्व, नेपाली काँग्रेसका नेता एवम विभिन्न पत्रकार सम्बद्धहरुकाे सहभागितामा स्थापना दिवसमा दीप प्रज्वलन गरि मनाएकाे हो। विभिन्न कार्यक्रमकारसाथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार बुटवलको बिपी चोक स्थित बिपीको सालिक वरपर दीप प्रज्वलन गरिएकाे युनियनका रुपन्देही सभापति कवीन्द्र नेपालले बताए ।