सुजनको आपराधिक श्रृखला : तीन आमाछोरीको बीभत्स हत्या
बिहीबार, जेठ १५, २०८२
सुजनको स्थायी ठेगाना तानसेन नगरपालिका ७ नम्बरमा पर्छ । यी तिनै सुजन हुन जसले आफ्नै सहोदर माइलो दाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसेका थिए । सहोदर दाजुको हत्या अभियोगमा जन्मकैदको सजाय भोगेका उनको कार्यशैली र आचार सुधार भएको भन्दै ७८ सालमा तत्कालिन सरकारले संविधान दिवसको सन्दर्भ पारेर आममाफी दिएको थियो । तर उनले निकै क्रुरताका साथ पूर्व श्रीमती र २ बच्चाहरुकाे हत्या गरेर अपराध कर्म छाडेनन् ।