पेट्रोलियम व्यवसायीलाई सुरक्षा, गुणस्तरबारे प्रशिक्षण
बिहीबार, जेठ १५, २०८२
बुटवल – पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आबद्ध व्यवसायीहरूलाई बिहीबार पेट्रोलियम कारोबारमा सुरक्षा, गुणस्तर, परिमाण लगायतका विषयमा प्रशिक्षण दिएको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पूर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्री वितरण र व्यवस्थापन गर्दै आएको एसोसिएसनले वार्षिक कार्य योजना अनुसार ब्यासायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरेको हो ।