राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा ज्ञवाली
सोमबार, जेठ १९, २०८२
बुटवल– राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको नयां नेतृत्व चयन भएको छ । बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गठित कार्यसमितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा जिवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगिता भण्डारी रहेका छन् ।