बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।