गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा बुटवल १२ का गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम मंगलबारदेखि सुरु भएको छ । नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुका लागि १ महिने जुत्ता बनाउने तालिममा बुटवल–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।