तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ : नगर प्रमुख खाँण
बुधबार, जेठ २१, २०८२
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधवार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘तिलोत्तमाभित्र कसैले पनि जातको आधारमा छुवाछुत गरेको पाइए कानुन अनुसार कारवाही हुन्छ’ नगरप्रमुख खाँणले भने ।