आजदेखि बृहत लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, देश विदेशका १५० विज्ञहरु भेला
शुक्रबार, असोज २, २०८३
बुटवल - बुद्धजन्मस्थ लुम्बिनीमा आज (शुक्रबार) देखि तीन दिने ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु हुँदैछ । सम्मेलनको संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री खड्गराज पौडेल (गणेश) ले उद्घाटन गर्ने छन् । लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा हुने सम्मेलनमा उच्चपदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि गरी १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने छ । सम्मेलन संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा गरिएको हो ।


-1792055189.jpg)