बुटवल - बुद्धजन्मस्थ लुम्बिनीमा आज (शुक्रबार) देखि तीन दिने ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु हुँदैछ । सम्मेलनको संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री खड्गराज पौडेल (गणेश) ले उद्घाटन गर्ने छन् ।
लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा हुने सम्मेलनमा उच्चपदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि गरी १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने छ । सम्मेलन संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा गरिएको हो ।
वृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार,सेवा सुदृढीकरण तथा समावेशी स्थानीय आर्थिक विकासका बारेमा छलफल हुने यूनेस्को यूनेस्को सँस्कृती क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताईन् ।
विहान १० बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उद्घाटन सत्रमा सँस्कृती मन्त्री सहित प्रदेशका मन्त्री, स्थानीय पालिकाका प्रमुख एवम राषि्ट्रय अन्तराष्ट्रिय विज्ञहरुको उपिस्थिति रहने जनाईएको छ । लुम्बिनीको अद्धितिय महत्वलाइ अन्तराष्ट्रियकरण गर्न र यहाँको दीगो पर्यटन प्रवद्धनमा सम्मेलनले महत्वपूर्ण योगदान गर्ने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताए ।
बृहतर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचिन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुरलगायतका महत्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थलहरू रहेका छन् ।
संघीय सरकारले बृहत लुम्बिनी क्षेत्रका लागि विश्व बैंकको सहयोगमा अघि बढाइएको ग्लाण्ड परियोजना अन्तर्गत यो सम्मेलन गर्न लागेको हो । सम्मेलन असोज ४ गते साझा घोषणापत्र जारी गरी सकिनेछ ।
लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो । विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ ।सोही अनुसार यहाँ हुने यो सम्मेलनले थप टेवा पुग्ने विश्वास गरिएको छ ।


-1792055189.jpg)