बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन : दिगो सम्पदा र विकासका लागि कार्ययोजना तयार
सोमबार, असोज ५, २०८३
लुम्बिनी - 'बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले संरक्षण र दिगो विकास गर्न सिफारिश गरेकाे छ । नेपाल सरकारद्वारा युनेस्को, लुम्बिनी विकास कोष र विश्व बैंकको सहकार्यमा आयोजित यो तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (२–४ असोज २०८३ / १८–२० सेप्टेम्बर २०२६) मा स्थानीय समुदाय, गुम्बा, तथा विहारका प्रतिनिधिहरू, स्थानीय उद्यमीहरु, पर्यटन तथा आतिथ्य व्यवसायका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, नीति निर्माता, स्थानीय सरोकारवालाहरु र विकास साझेदार गरी १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।


-1792055189.jpg)