बुटवलमा मुभी थिएटर र मिरर मेज सञ्चालनकाे तयारी, नयाँ पर्यटन आकर्षण बन्ने दावी
शनिबार, असोज १७, २०८३
बुटवल - बुटवलमा चार जना युवाहरुकाे करिब २ करोड रुपैयाँ लगानीमा एटिन्न डी मुभी थिएटर र मिरर मेज (भुलभुलैया)सञ्चालन गरिने भएकाे छ । बुटवल आउने पर्यटक तथा यहाँका स्थानीयहरुलाइ मुभी थिएटर मार्फत नयाँ सेवा दिन लगानी गरिएकाे उनीहरुले बताएका छन् । नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको पुरानो स्थानमा मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।


-1792055189.jpg)