बुटवल उद्योग बाणिज्य संघ साधारणसभा : 'सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन'
शुक्रबार, असोज २३, २०८३
बुटवल - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए ।


