किन पढ्ने मनिकर कार्कीको ‘अर्थदृष्टि’
सोमबार, जेठ २६, २०८२
बुटवल – अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । पुस्तकमा नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ । नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबारे लेखिएको पुस्तकले पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । पुस्तकले नेपालको आर्थिक विकासमा बाधक बनेका संरचनात्मक समस्याहरू, न्यून उत्पादकत्व, र नीतिगत कमजोरीहरूलाई गहिरो रूपमा केलाएको छ ।