रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहका पत्रकार पोखरेलको मृत्यु
शुक्रबार, कात्तिक १३, २०८३
बुटवल - नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब १२ः१० बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।


