Lumbini Rise
जितेश्वरी टोलद्धारा नन्दनी गौशालालाई पराल प्रदान

बुटवल - बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले बुटवल दीपनगरमा रहेको नन्दनी गौशालामा पराल पठाएको छ । टोल क्षेत्रका खेतमा धान भित्राएपछि रहेका पराललाई जलाउनुको सट्टा गौशालाका गाईबस्तुहरुको आहारका लागि संस्थाले पराल पठाएको हो ।

खेतमा रहेका पराल जलेर नोक्सान हुँदा वातावरण प्रदुषण गराउनुभन्दा गौशालामा रहेका गाईबस्तुका लागि २ ट्याक्टर पराल पठाइएको टोल संस्थाका अध्यक्ष दशरथ पौडेलले जानकारी दिए । पराल ढुवानीको व्यवस्थापन भने बुटवल उपमहानगरपालिकाले गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update