Lumbini Rise
लुम्बिनीको मुख्यमन्त्री फेर्नेबारे के भन्छन् शंकर पोखरेल 

बुटवल -नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनीमा मुख्यमन्त्री परिर्वतन नहुने संकेत गरेका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा मुख्यमन्त्री फेरबदलका बारेमा अहिल्यै बोल्न आवश्यक नरहेको बताएका हुन् ।

‘कुनै पनि सरकारलाई प्रतिकुल प्रभाव पार्ने गरी समाचार पनि बनाउन हुन्न, चर्चा पनि गर्नुहुन्न’ उनले भने । 


मुख्यमन्त्रीको चर्चामा रहेका लिला गिरीलाई आडैमा राखेर उनले मुख्यमन्त्री परिवर्तन भएपछि थाहा हुने बताए । लुम्बिनीमा पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले सरकार परिवर्तन हुँदा अस्थिर हुने र अस्थिरता जनताले मन नपारेको बताए ।

उनले यसो भनिरहदा छेउमा रहेका पूर्वमुख्यमन्त्री एव्म चर्चामा रहेका गिरी भने निराश देखिएका थिए । महासचिव पोखरेल हालका मुख्यमन्त्री चेतनारायण आचार्य फेर्ने पक्षमा छैनन भने गिरीलाई पार्टी अध्यक्ष ओलीको साथ रहेको चर्चा छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update