Lumbini Rise
लुम्बिनी होटल संघ नेपालद्धारा कोषका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

लुम्बिनी । लुम्बिनी होटल संघ नेपालले लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत गरेको छ । संघका अध्यक्ष लिलामणि शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै कोषमा लामो समयदेखि रिक्त पद पूर्ति भई कोष क्रियाशील भएकोमा खुशी व्यक्त गर्दै पदाधिकारीहरुको कार्यकाल सफलताको शूभकामना दिएको हो ।

लुम्बिनी विकास कोषको १६ औं उपाध्यक्षको रुपमा भिक्षुणी आनी छोइङ डोल्मा सहितका पदाधिकारीहरुले बुधबार नै पदभारग्रहण गरेका छन् ।  

संघले  बुद्ध जन्मस्थल लुम्बिनी वरिपरि रहेका पर्यटन व्यवसायीहरू हरेक दिन प्रत्यक्ष अप्रत्यक्ष रूपमा लुम्बिनी विकास कोषका काम कारबाहीसँग सरोकार राख्ने बताउँदै यसका गतिविधि र निर्णयहरूमा आफूहरुको गहिरो चासो र चिन्ता रहेको बताएको छ । 

कोषको स्थापना कालभन्दा अगाडिदेखि नै स्थानीय सरोकारवालाका महत्त्वपूर्ण मुद्दाहरू यथावत् रहेको र समयसँगै समस्या समाधान हुनुको सट्टा थपिँदै गएको भन्दै संघले आगामी दिनमा लुम्बिनीलाई कता लैजाने भन्ने महत्त्वपूर्ण चुनौती नयाँ टिमसामु रहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update