Lumbini Rise
युवा उद्यमी कमलजंग कुँवरले सुरु गरे ड्याडिज बेकरीज, ६० जनाले पाए रोजगारी

बुटवल । कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशिलताको सम्मान गरौं भन्ने नाराका साथ सुरु भएको ड्याडिज ग्रुपले बुटवलबाट ड्याडिज केक प्रिमियम बेकरी’को सुरुवात गरेको छ । युवा उद्यमि कमलजंग कुँवरले बेकरीजमा नयाँ प्रविधि र उच्च स्तरको गुणस्तर कायम गर्दै करिब ६ करोड रुपैयाँको लागतमा बेकरिज सुरु गरेका हुन् ।

बुटवल ११ कालिकानगरमा बेकरीजको सफ्ट लञ्ज गरेका छन् । फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ र आधुनिक प्रविधिको संयोजनमार्फत विभिन्न बेकरी उत्पादन बजारमा ल्याएको छ ।

ड्याडिज केकले उत्पादनको गुणस्तर कायम राख्न आधुनिक इटालियन बेकरी मेसिनरी तथा उपकरण प्रयोगमा ल्याएको सञ्चालक कुँवरले बताए  । फ्रेन्च बेकरीमा प्रयोग हुने टी ४५ र टी ५५ ग्रेडको पीठो तथा रे(फ्लवरजस्ता कच्चा पदार्थ प्रयोग गरिने उनले बताए । बेकरिजमा हाल ६० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । स्थानीय बेकर तथा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै अनुसन्धान तथा विकास टोलीमार्फत उत्पादनको स्वाद र बनावटमा निरन्तर सुधार गरिने जनाइएको छ । 

कम्पनीले आगामी एक वर्षभित्र रुपन्देही जिल्लामा १८ वटा मिनी आउटलेट सञ्चालनमा ल्याउने योजना बनाएको छ भने पोखरा र काठमाडौंमा समेत आउटलेट विस्तार गर्ने तथा निकट भविष्यमै २४ सै घण्टा सेवा उपलब्ध गराउने बताएको छ ।

ड्डयाडिजले छिट्टै विदेशमा समेत आफ्नो सेवा सुरु गर्ने तयारी गरेको छ ।  ड्याडिज ग्रुपले रेस्टुरेन्ट, अटोमोबाइल, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ ।  

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update