युवा उद्यमी कमलजंग कुँवरले सुरु गरे ड्याडिज बेकरीज, ६० जनाले पाए रोजगारी
सोमबार, कात्तिक २३, २०८३
बुटवल । कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशिलताको सम्मान गरौं भन्ने नाराका साथ सुरु भएको ड्याडिज ग्रुपले बुटवलबाट ड्याडिज केक प्रिमियम बेकरी’को सुरुवात गरेको छ । युवा उद्यमि कमलजंग कुँवरले बेकरीजमा नयाँ प्रविधि र उच्च स्तरको गुणस्तर कायम गर्दै करिब ६ करोड रुपैयाँको लागतमा बेकरिज सुरु गरेका हुन् । बुटवल ११ कालिकानगरमा बेकरीजको सफ्ट लञ्ज गरेका छन् । फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ र आधुनिक प्रविधिको संयोजनमार्फत विभिन्न बेकरी उत्पादन बजारमा ल्याएको छ ।

-1794192926.jpg)
