Lumbini Rise
रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहका पत्रकार पोखरेलको मृत्यु

बुटवल - नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार दिउसाे करिब १२ः१० बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी अन्दाजी ४० बर्षिय पाेषकान्त पोखरेल भएकाेमा उपचारका क्रममा मृत्यू भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल परासी पठाइएकोमा दिउँसो १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु राना तथा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। मृतकका आफन्तसँग सम्पर्क गर्ने तथा घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मृतक पाेखरेलले रुपन्देहीबाट अग्निपरीक्षा नामक पत्रिका प्रकाशन गर्दै आएका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update