जितेश्वरी टोलद्धारा नन्दनी गौशालालाई पराल प्रदान
शुक्रबार, मंसिर ४, २०८३
बुटवल - बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले बुटवल दीपनगरमा रहेको नन्दनी गौशालामा पराल पठाएको छ । टोल क्षेत्रका खेतमा धान भित्राएपछि रहेका पराललाई जलाउनुको सट्टा गौशालाका गाईबस्तुहरुको आहारका लागि संस्थाले पराल पठाएको हो ।


