रूपन्देहीको कोटहीमाईमा एक महिलाको हत्या गरी सुन लुटियाे, चार जना प्रहरी नियन्त्रणमा
मंगलबार, कात्तिक १७, २०८३
बुटवल । रूपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या गरी सुन लुटेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।यही कार्तिक १२ गते दिउँसो कोटहीमाई गाउँपालिका वडा नं। ६ र ७ को बीचमा रहेको धान खेतमा सोही गाउँपालिका वडा नं। ५ छोट्की मजगॉा बस्ने वर्ष ४१ की जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्या भएको थियो। उनको टाउकोमा कोदालोको बिड प्रहार गरी र घाँटीमा हसियाले खोपी हत्या गर्नुका साथै कानमा भएको सुन लुटेर लगेको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो।


