बुटवलमा 'दीपावली सडक खाना महोत्सव’ गरिँदै
मंगलबार, कात्तिक १७, २०८३
बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले 'दीपावली सडक खाना महोत्सव’ हुने भएको छ। दीपावलीको अवसरमा संघले यहि कात्तिक २० देखि २२ गतेसम्म बुटवल ८ सुख्खानगर स्थित शुक्रपथमा तीन दिने दीपावली सडक खाना महोत्सव गर्ने भएको हो । संघको मंगलबार बसेको बैठकले महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको संयोजकत्वमा महोत्सव सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।


