लुम्बिनीका लोपउन्मुख समुदायको अवस्थाबारे बुटवलमा छलफल
शुक्रबार, कात्तिक २०, २०८३
बुटवल- लुम्बिनी प्रदेशका सिमान्तकृत, लोपउन्मुख, अल्पसंख्यक समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक अधिकारका बारेमा सरकार र सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्राल, सामाजिक विकास समितिको समन्वय र सहकार्यमा सम्वाद समूहको सहजिकरण तथा बेस संस्थाको व्यवस्थापनमा शुक्रबार बुटवलमा आयोजित पाश्वचित्रको प्रस्तुती तथा छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।


