राष्ट्रिय कर दिवसमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित
मंगलबार, मंसिर १, २०८३
बुटवल- आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ।राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मिति २०८३ मंसिर १ गते आयोजित विशेष कार्यक्रममा संस्थालाई कदरपत्रसहित सम्मान गरिएको हो। सम्मानपत्र संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले ग्रहण गर्नुभएको थियो।


