बुटवलमा ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी सुरु
बिहीबार, मंसिर ३, २०८३
बुटवल- महिलाले सार्वजनिक जीवनमा पुर्याएको योगदान, संघर्ष र ऐतिहासिक भूमिकालाई तस्बिरमार्फत उजागर गर्ने उद्देश्यले बुटवलमा ‘सार्वजनिक जीवनमा महिला : महिलावादी स्मृतिको एक पहल’ फोटो प्रदर्शनी सुरु भएको छ। नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा बिहीबारदेखि बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा प्रदर्शनी सुरु भएको हो। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा महिलाको सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक जीवनसँग सम्बन्धित ऐतिहासिक तस्बिरहरू राखिएका छन्।


