सङ्क्रमणकालीन न्याय प्रक्रिया छिटो टुङ्गोमा पुर्याउन सरोकारवालाको आग्रह
शनिबार, मंसिर ५, २०८३
बुटवल- संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले संक्रमणकालीन न्यायको प्रक्रियालाई राजनीतिक प्रतिशोधका रूपमा नभई द्वन्द्वपीडितलाई न्याय र राज्यलाई जवाफदेही बनाउने प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको दुई दशक : सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन पुनः आग्रह’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै शाहले नेपालको शान्ति प्रक्रियाले लामो समय बितिसक्दा पनि पूर्णता पाउन नसक्नुका कारण गम्भीर रूपमा खोज्नुपर्ने बताउनुभयो।


