महाभोजको बुटवलमा प्रिमियर साे, सहकारी पीडितले भने –‘हाम्रै कथा रहेछ’
बुधबार, जेठ २८, २०८२
बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् । प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया उपस्थित थिए । सुप्रिम सहकारीबाट पीडित ५० भन्दा बढी सहकारी पीडितहरूले चलचित्र हेरेपछि आफ्नै कथा बोलेको प्रतिक्रिया दिए ।