अख्तियार बुटवलमा उजुरीका चाङ, स्थानीय सरकारका धेरै
बिहीबार, जेठ २९, २०८२
बुटवल - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीका चाङ लागेको छ । अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा अख्तियारमा उजुरीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा चालू आर्थिक वर्ष ०८१/०८२ को वैशाख मसान्तसम्म एक हजार १०४ वटा उजुरी दर्ता भएको छ । गत वर्षको ४३४ सहित १५३८ वटा उजुरीको कारबाही गरिएको अख्तियार कार्यालयले जनाएको छ । यसमध्ये ११४२ वटा उजुरीको छानबिन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी गीता आचार्यले जानकारी दिइन् ।