फिल्म हलका दु:ख : चलचित्रकाे बर्षा, दर्शककाे खडेरी
बिहीबार, जेठ २९, २०८२
कुनै समय के वृद्ध, के वालक सबैले नेपाली हिन्दी फिल्म हेर्थे । अहिले भने ३० वर्षमुनिका मात्रै दर्शकहरू आउने गरेको पाठकले बताए । तुलसी घिमिरेको दर्पण छाया शिव श्रेष्ठको ठुल्दाई जस्ता चलचित्र चल्दा बुटवलका हलमा जात्रै थियो । त्यतिखेर यी चलचित्र ५१ दिनसम्म चल्दा दर्शकको कमी थिएन । आजभोलि त हलका सञ्चालकहरूलाई फिल्म हल चल्नका लागी विशेष दिन नै पर्खनु पर्ने अवस्था छ , नयाँ वर्ष, तिज, दसैँ, तिहार, छठ, प्रणय दिवस, ल्होसार जस्ता मेला महोत्सव तथा उत्सवमा मात्रै हलमा दर्शक आउँछन् ।