लुम्बिनीमा एक महिनामा २ हजार तीर्थालुले गरे नि:शुल्क भोजन
शुक्रबार, जेठ ३०, २०८२
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीस्थित सबैभन्दा पुरानो राजकीय बुद्ध विहारको अगुवाइमा मायादेवी मन्दिर दर्शन गर्न पुग्ने तीर्थयात्रुहरुलाई भोजन गराउने गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीको दिन वैशाख पूर्णिमादेखि सुरु गरिएको भोजन दान अभियानले एक महिना पुरा गरेको छ । एक महिनाको अवधिमा २ हजारले निःशुल्क भोजन ग्रहण गरेको राजकीय बुद्ध विहारका प्रमुख भन्ते सागरधम्मले बताए । भन्ते धम्मकै सोँच र योजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भोजन गराउन सुरु गरिएको हो ।