बजेटको संघारमा लुम्बिनीका मन्त्रीहरूको मोबाइल स्विच अफ !
आइतबार, असार १, २०८२
बुटवल – लुम्बिनी प्रदेशका मन्त्रीहरू बजेट ल्याउने समय नजिकिँदै गर्दा मोबाइल स्विच अफ गरेर आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभामा आइतबार (आज) दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहे पनि सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका मन्त्री र सांसदहरूबिच बजेटका विषयमा असहमति भएपछि मन्त्रीहरू स्विच अफ गरेर छलफलमा जुटेका हुन् ।