विनाकारण बुटवलका सुदीपले बगाए जम्भुकश्मिरमा रगत
बिहीबार, वैशाख ११, २०८२
बुटवल - भारत जम्मुकस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी हमलामा परि मृत्यू भएको छ । सुदीप आमा रीमा पाण्डे (रीमकला), वहिनि सुष्मा र ज्वाई उज्जवल काफ्ले सहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो । त्यहि पर्यटकीय स्थलमा आमा रीमा, वहिनी सुष्मा र ज्वाई उज्जवल सहित भ्रमण गरिरहेका बुटवलमाथि आतंककारीले गोली प्रहार गरी सुदीपको हत्या गरे ।
साताको लोकप्रीय