लुम्बिनी बजेट: कृषि, भूमि र सहकारी क्षेत्रमा १ अर्ब ५० करोड
आइतबार, असार १, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड बिनियोजन गरिएको छ । भूमि कृषि तथा सहकारी मन्त्रालय मार्फत हुने विभिन्न कार्यक्रमका लागि लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा आईतबा उक्त बजेट पेश गरेका हुन् ।