Lumbini Rise
लुम्बिनी बजेट:  कृषि, भूमि र सहकारी क्षेत्रमा १ अर्ब ५० करोड

बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड बिनियोजन गरिएको छ । भूमि कृषि तथा सहकारी मन्त्रालय मार्फत हुने विभिन्न कार्यक्रमका लागि लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा आईतबा उक्त बजेट पेश गरेका हुन् ।

कृषिको उपादकत्व र दीगो विकासका लागि ४ अर्ब ७२ करोड बजेट छुट्याइएको छ । कृषिको आधुनिकरण गरी व्यवसायिकरण गरि बृद्धि गरिने लक्ष्य राखिएको छ ।

 यस्तै एक दशकमा पूर्ण प्राङगारिक कृषि प्रणालीको विकासका लागि  २ करोड बजेट छुट्याएको अर्थमन्त्रीले उल्लेख गरेका छन् । यसैगरी भैसीपालन प्रवद्र्धन कार्यक्रम, स्थानीय उत्पादन बृद्धि गर्ने लक्ष्य राखिएको छ । १५ सय किसानको घरमै पुगेर सेवा दिन १ करोड १७ लाख बजेट छुट्याएको वक्तव्यमा उल्लेख गरिएको छ । 


रुपन्देही, कपिलबस्तु र दाङको तोरी र धान खेती प्रवद्र्धन गर्न बजेट छुट्याएको अर्थमन्त्री कार्कीले बताए । किसान अनुदानका लागि २१ करोड, सिचाई, भूमि र सहकारी क्षेत्रको विकासका लागि समेत बजेट छुट्याइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update