आजदेखि भैरहवामा ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’
शनिबार, असार ७, २०८२
भैरहवा- रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट खेललाई थप उचाईमा पुर्याउने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको बताए ।