लुम्बिनी प्रदेशसभा सदस्य रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी
आइतबार, असार ८, २०८२
बुटवल– लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक प्रदेशसभा सदस्य रायमाझीलाई जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो। अदालतले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको हो । तर, सांसद रायमाझी भने फरार छिन्। पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।