तिलोत्तमा नगरपालिकाद्धारा कृषक सेवा कार्ड वितरण सुरु
आइतबार, असार ८, २०८२
बुटवल - तिलोत्तमा नगरपालिकाले किसानहरूलाई कृषक सेवा कार्ड वितरण सुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमा आधारित व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि तिलोत्तमा-१४ टिकुलिगढ़मा कार्ड वितरण सुरु गरिएको हो।सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगरपालिकाका ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक मल बिउ बिजन सिँचाइ र अनुदानका लागि कृषक सेवा कार्डले ठुलो योगदान दिने नगरप्रमुख खाँणले जिकिर गरे ।